FAQs Complain Problems

शे फोक्सुण्डो गाउँपालिका वडा नं ८ मा अवस्थित शे फोक्सुण्डो ताल ।

Read More

नेपालकै कान्छो गाउँको नामले परिचित सोन्दोर्यताले भरिपुर्ण एक सुन्दर कु गाउँ डोल्पा । यो डोल्पा जिल्लाको वडा नं ७ मा अवस्थित छ ।

Read More

सामाजिक सुरक्षा भत्ता पाउनको लागि कहिले, कहाँ निवेदन दिनु पर्दछ ?

उत्तरः सामाजिक सुरक्षा भत्ता पाउनको लागि जेष्ठ नागरिकहरुले हरेक आर्थिक वर्ष (श्रावण देखि आषाढ मसान्त सम्म) को मंसिर १५ भित्र सम्बन्धित गाउँ विकास समिति वा नगरपालिका कार्यालयमा निवेदन दिनु पर्दछ । तर एकल महिला, अपाङ्गता भएका व्यक्तिहरु तथा बालबालिकाहरुको हकमा जहिले सुकै निवेदन दिन पाइन्छ।

स्थानीय तहका पदाधिकारीहरुले पाउने सुबिधा सम्बन्धि ऐन २०७५

शे फाेक्सुण्डाे गाउँपालिकाकाे संक्षिप्त परिचय

शे फोक्सुण्डो गाउँपालिकाको स्थापना वि.स. २०७३ सालमा भएको हो । यस गाउँपालिकाको केन्द्र साल्दाङ,डोल्पामा रहेको छ । यसको क्षेत्रफल १२३.७वर्ग कि.मि. मा फैलिएको छ । यहाँ जम्मा ९ वडा रहेका छन् । जस मध्ये वडा नं. १,२, ३, र ४ को संयुक्त वडा कार्यालय साल्दाङ र वडा नं. ५, ६ र ७ को संयुक्त वडा कार्यालय भिजेर र वडा नं. ८ र ९ को संयुक्त वडा कार्यालय फोक्सुण्डो रहेको छ । 

यस गाउँपालिकाको जम्मा जनसङ्ख्या ३०९९जसमध्ये महिलाको संख्या १५८७ र पुरुषको संख्या १५१२ रहेका छन् । ऐतिहासिक तथा धार्मिक स्थलहरुमा शे फोक्सुण्डो ताल शे गुम्बालगायत छन् भने मुख्य भेषभुषा र हिमालीयहरु रहेका छन् । यस क्षेत्रका प्रमुख जातिहरुमा गुरुङ, रोकाया, बुढा, बैजी, र लामा रहेका छन्। २० डिग्री २०मिनेट ० सेकेण्ड देखि २९ डिग्री ५१ मिनट ० सेकेण्ड उत्तरी अक्षांश र ८२ डिग्री ८९मिनेट ० सेकेण्ड देखि ८३ डिग्री ०९मिनेट ० सेकेण्ड पूर्वी देशान्तरमा फैलिएको छ । समुन्द्री सतहदेखि करिव २३०० देखि ७४२५ मिटर उचाइमा अवस्थित रहेका छन् । 

साविकको साल्दाङ १, २ र ९ वडा नं. १, साविकको साल्दाङ ३ र ४ वडा नं. २, साविकको साल्दाङ ५ र ६ वडा नं. ३, साविकको साल्दाङ ७ र ८ वडा नं. ४, साविकको भिजेर १–७ वडा नं. ५, साविकको भिजेर ८ वडा नं. ६,साविकको भिजेर ९ वडा नं. ७,साविकको फोक्सुण्डो १–५ वडा नं. ८,साविकको फोक्सुण्डो ६–९ वडा नं. ९ गरी वडा विभाजन गरिएको छ । साविकका साल्दाङ, भिजेर र फोक्सुण्डो गाविस मिलेर गठन भएको हालको शे फोक्सुण्डो गाउँपालिकाको नामाकरण ऐतिहासिक, धार्मिक स्थल शे गुम्बा र साविक फोक्सुण्डो गाविस रिग्मो गाउँ स्थित पर्यटकीय स्थल शे फोक्सुडो तालको नामबाट यस गाउँपालिकाको नामाकरण भएको हो ।

जन्म दर्ता

लाग्ने समय: सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन

जिम्मेवार अधिकारी: वडा सचिव

सेवा दिने कार्यालय: वडा कार्यालय

सेवा शुल्क: जन्मेको ३५ दिन भित्र निशुल्क

आवश्यक कागजातहरु: 

१. निबेदन पत्र |

२. सूचना दिन आउने व्यक्तिको नागरिकता |

सूचना तथा समाचार

जन प्रतिनिधि

अध्यक्ष
Phone:
9858390117
उपाध्यक्ष
Phone:
9851313388

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
९८५८३९०११६
सूचना प्रविधि अधिकृत
+977 9851318843
लेखा प्रमुख
कम्प्युटर अपरेटर
9868990221
शिक्षा शाखा प्रमुख
प्रधानमन्त्री राेजगार स‍‌याेजक
९८५११२९९८८

जानकारी