FAQs Complain Problems

शे फाेक्सुण्डाे गाउँपालिकाकाे संक्षिप्त परिचय

 

शे फोक्सुण्डो गाउँपालिकाको स्थापना वि.स. २०७३ सालमा भएको हो । यस गाउँपालिकाको केन्द्र साल्दाङ,डोल्पामा रहेको छ । यसको क्षेत्रफल १२३.७वर्ग कि.मि. मा फैलिएको छ । यहाँ जम्मा ९ वडा रहेका छन् । जस मध्ये वडा नं. १,२, ३, र ४ को संयुक्त वडा कार्यालय साल्दाङ र वडा नं. ५, ६ र ७ को संयुक्त वडा कार्यालय भिजेर र वडा नं. ८ र ९ को संयुक्त वडा कार्यालय फोक्सुण्डो रहेको छ । 

यस गाउँपालिकाको जम्मा जनसङ्ख्या ३०९९जसमध्ये महिलाको संख्या १५८७ र पुरुषको संख्या १५१२ रहेका छन् । ऐतिहासिक तथा धार्मिक स्थलहरुमा शे फोक्सुण्डो ताल शे गुम्बालगायत छन् भने मुख्य भेषभुषा र हिमालीयहरु रहेका छन् । यस क्षेत्रका प्रमुख जातिहरुमा गुरुङ, रोकाया, बुढा, बैजी, र लामा रहेका छन्। २० डिग्री २०मिनेट ० सेकेण्ड देखि २९ डिग्री ५१ मिनट ० सेकेण्ड उत्तरी अक्षांश र ८२ डिग्री ८९मिनेट ० सेकेण्ड देखि ८३ डिग्री ०९मिनेट ० सेकेण्ड पूर्वी देशान्तरमा फैलिएको छ । समुन्द्री सतहदेखि करिव २३०० देखि ७४२५ मिटर उचाइमा अवस्थित रहेका छन् । 

साविकको साल्दाङ १, २ र ९ वडा नं. १, साविकको साल्दाङ ३ र ४ वडा नं. २, साविकको साल्दाङ ५ र ६ वडा नं. ३, साविकको साल्दाङ ७ र ८ वडा नं. ४, साविकको भिजेर १–७ वडा नं. ५, साविकको भिजेर ८ वडा नं. ६,साविकको भिजेर ९ वडा नं. ७,साविकको फोक्सुण्डो १–५ वडा नं. ८,साविकको फोक्सुण्डो ६–९ वडा नं. ९ गरी वडा विभाजन गरिएको छ । साविकका साल्दाङ, भिजेर र फोक्सुण्डो गाविस मिलेर गठन भएको हालको शे फोक्सुण्डो गाउँपालिकाको नामाकरण ऐतिहासिक, धार्मिक स्थल शे गुम्बा र साविक फोक्सुण्डो गाविस रिग्मो गाउँ स्थित पर्यटकीय स्थल शे फोक्सुडो तालको नामबाट यस गाउँपालिकाको नामाकरण भएको हो ।